सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पाेखरा | असार ३१, २०८१

सृजना मा.वि.का छात्राहरू पुरस्कृत

पोखरा:    पोखरा सृजनाचोक स्थित सृजना सेकेन्डरी स्कुलको कक्षा ८ मा अध्ययनरत प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोखेल राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता भई पुरस्कृत भएका छन् । 


प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रम आयोजना गरी गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता १७८ जना खेलाडीहरुलाई पुरस्कृत गरेको थियो । 
यसै क्रममा सृजना सेकेन्डरी स्कुलका छात्राद्वय राजश्री अधिकारी र सक्रिया पोखेल नगद पुरस्कारसहित प्रशंसा पत्रद्वारा सम्मानित भएका हुन् । 


राष्ट्रिय खेलकुद परिषद र गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा सञ्चालित यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० मा गण्डकी प्रदेशको तर्फबाट टेबलटेनिस खेल प्रतियोगितामा सहभागी भएर तृतीय स्थान हासिल गरी कास्यपदक प्राप्त गर्न सफल भएकोमा गण्डकी प्रदेश खेलकुद परिषदले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेको हो ।


सृजना सेकेन्डरी स्कुलका प्रतिभावान छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल यु–१५ टेबुलटेनिस प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई यस अघि पनि पुरस्कार र प्रशंसापत्रद्वारा सम्मानित भएका थिए ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्